top of page
Search
Writer's picturekapil gautam

फलोरेसेन एन्जियोग्राम (Fundus Fluorescein Angiogram) आखामा किन गरिछ ?

फ्लोरेसेन (Fluorescein) एक प्रकारको औषधी (Dye) हो र एन्जियोग्राम (Angiogram) रक्तनलीहरूको अध्ययन हो । फ्लोरेसेन् एन्जियोग्राम (F.F.A.) एक प्रकारको महत्वपूर्ण जाँच हो जसले फ्लोरेसेन् (dye) द्वारा आँखाको पर्दा (retina) को रक्तसञ्चार र अवस्थाबारे जानकारी प्रदान गर्दछ । जसले गर्दा आँखाको पर्दालाई असर गर्ने धेरै रोगहरूको पहिचान गर्न मद्दत पुग्दछ ।

यो जाँच गर्ने क्रममा शुरुमा फ्लोरेसेन औषधी पाखुराको रक्तनलीबाट सुई (injection) द्वारा शरीरभित्र पठाइन्छ । केही सेकेन्डमै उक्त औषधी आँखाको रक्तनलीमा पुग्दछ । ठीक त्यही बेला विशेष फिल्टर जडित क्यामेराले ती औषधीलाई चहकिलो बनाउँछ र फोटो खिच्छ, जुन आँखाको पर्दाको रक्तनलीहरूमा सञ्चारित भै रहेको हुन्छ | यदि आँखाको पर्दाको रक्तसञ्चारमा कुनै समस्याहरू जस्तैः पर्दामा सुजन, रक्तश्राव (retinal hemorrhage) तथा असाधारण रक्तनलीहरूको विकास (neovascularization) आदि भएको भए फोटोमा प्रष्ट देखिन्छ । सोही फोटो अध्ययन गरेर डाक्टरले रोगको निदान र सम्भावित उपचार बारे बिरामीलाई जानकारी गराउँछन् ।


बिरामीले के कुरको जानकारी राख्नु पर्दछ ? • बिरामीले अनिवार्य साथी लिएर जानुपर्छ । • बिरामीलाई जाँच गर्दा बेहोस गर्नु पर्दैन । • बिरामीले हल्का खाना खाई खुकुलो लुगा लगाएर जानुपर्छ । • जाँच गरिसकेपछि १५-३० मिनेट आराम गर्नुपर्छ। • जाँच गरिसकेपछि आँखा, छाला र पिसाब पहेँलो हुनसक्छ, बिस्तारै समय बित्दै गए अनुसार कम हुँदै जन्छ । • कसैकसैलाई एन्जियोग्रामपछि वाकवाकी हुने, वान्ता हुने, सुई दिएको ठाउँमा सुन्निने, ज्वरो आउने हुनसक्छ । • यदि अन्य केही समस्या भएमा तुरुन्त अस्पतालमा सम्पर्क गर्नुपर्छ । अन्य जानकारीको लागि तपाईंको रेटिनको विशेषज्ञ या दृस्ट्री विशेषज्ञ सम्पर्क रख्नुहोला ।



चित्र नं 1. आँखाभित्र पर्दा को प्रतिदीप्ति फोटो एन्जियोग्राफी (Fundus Fluorescein Angiogram of retina)



4 views0 comments

Comments


bottom of page