top of page

किन मनाइन्छ ‘विश्व दृष्ट्रि दिवस’ ?

  • Writer: kapil gautam
    kapil gautam
  • Nov 26, 2021
  • 1 min read

Published article at २०७६ असोज २३ गते २१:०२

World Sight Day अर्थात विश्व दृष्ट्रि दिवस प्रत्येक वर्ष अक्टोवर महिनाको दोस्रो हप्ताको विहिवार मनाउने गरिन्छ। तसर्थ यस वर्ष अक्टोवर १० अर्थात आश्विन २३ गते परेको छ।

आजको दिनमा संसार भर अन्धोपन र अन्धोपन हूनूको कारण चित्र आकरण गर्ने छौं। आज भने “Vision First” अर्थात् “दृष्टि पहिलो प्राथमिकता” नाराको साथ विश्व दृष्टि दिवस मनाउँदै छौं।

विश्व दृष्टि दिवस पहिलो पटक लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले सन् २००० सालमा सूरु गरेको थियो। अहिले विश्व दृष्टि दिवस International Agency for Prevention of Blindness (Vision २०२०) को संलग्नतामा सहकार्य गर्दै मनाउँदै आएको छ ।

विश्व दृष्टि दिवसका उद्देश्यहरुः

  • सर्वसाधारणलाई जनचेतनाको लागि

  • सरकार र बिभिन्न सस्थाहरुलाई जानकारी गराउनको लागि

  • अन्धोपन र न्युन दृष्टि हूनबाट रोक्नको लागि

  • Vision 2020 को योजना र कार्यक्रमहरुको सहयोगको लागि

आज नेपाल सरकारको स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखालगायत नेपालका विभिन्न आँखा अस्पतालहरुमा यस दिवसलाई विशेष पर्वको रुपमा मनाइदै छ।

यस दिवसमा Nepalese Association of Optometrists (NAO) र विद्यार्थीहरुको पनि विशेष भूमिका रहेको देखिएको छ।

Nepal Optometry Student’s Society (NOSS) ले र्याली, जनचेतनाका विभिन्न कार्यक्रमहरु जस्ता क्रियाकलापहरुमा सहभागिता जनाएको छ।


कपिल गौतम

अध्यक्ष (NOSS) Kapilgautamsir@gmail.com 9843239292


Publsiher: Click me

 
 
 

Comentários


bottom of page