top of page
Search
Writer's picturekapil gautam

Hoya Vivinex XY1: मोतियाबिन्दुको अपरेशन पछि सफा र प्रष्ट देख्नका लागि आँखा भित्र राखिने लेन्स -

Updated: Feb 15, 2022



Hoya Vivinex XY1 का विशेषताहरु:

  • यो जापानी प्रविधिबाट निर्मित Aspheric फोल्डेबल लेन्स हो । हातले लेन्स छुनु नपर्ने Preloaded System भएको कारण आँखामा प्रत्यारोपण गर्दा संक्रमण नहुने तथा छोटो समयमा प्रत्यारोपण गर्न सकिन्छ ।

  • यो लेन्समा आँखालाई मोबाइल तथा टिभीबाट निस्कने हानिकारक विकिरणहरू र UV-Radiation बाट बचाउन Blue FilterUV-Filter प्रयोग भएको हुन्छ ।

  • आँखामा २.२ मि.मि. को सानो चिरा बनाई यो लेन्स राख्न सकिने हुँदा घाँउ कम हुने, टाँका लगाउन नपर्ने बिरामीलाई दुखाई कम हुने तथा बिरामीले अपरेशन सकिने बित्तिकै हेर्न मिल्ने र चाँडो निको हुन्छ ।

  • यस लेन्सको प्रयोगबाट मोतियाबिन्दुको शल्यक्रिया भएका बिरामीहरूले स्पष्ट र सफा दृष्टि देख्न सक्दछन ।

  • हाइड्रोफोबिक एक्रेलिक (Hydrophobic Acrylic) मिश्रित यौगिक तत्त्वको प्रयोग भएको हुन्छ ।

  • सुद्धिढ र गुणस्तरीय मिश्रित तत्त्वहरूको प्रयोग भएको कारण लामो समयको प्रयोग पछि पनि तत्व अपरिवर्तनिय (Glistening Free) हुन्छ ।

  • यसको धारिलो कुना, खस्रोपना र Aspheric design को कारण सफा दृष्टिका साथै दृष्टि विकृति (Dysphotopsia) हुनबाट बचाउँछ ।

  • पुनः लेन्स धमिलो (PCO) हुन बाट बचाउन Oxygen प्रसोधन प्रयोग र अन्य हानिकारक विकिरण UV and Blue radiation बाट बचाउन UV and Blue filter हरूको प्रयोग भएको हुन्छ ।

  • यो Aspherical प्रेरित कोमा क्रोमेटिक विकृति (COMA Chromatic Aberration) कम हुन्छ ।

  • एउटा आँखामा लेन्स राखिसकेपछि पुनः अर्को आँखामा लेन्स राख्नु परेमा ६ D देखी ३० D पावर सम्मको लेन्स सजिलै उपलब्ध हुन्छ ।


Link:


For video:







84 views0 comments

Comments


bottom of page