top of page
Search
Writer's picturekapil gautam

Hoya iSert १५१ : मोतियाबिन्दुको अपरेशन पछि सफा र प्रष्ट देख्नका लागि आँखा भित्र राखिने लेन्स



Hoya iSert १५१ को विशेषताहरू:

  • यो जापानी प्रविधिबाट निर्मित गोलाकार फोल्डेबल (Spherical Foldable) लेन्स हो । यस लेन्सको अगाडिको भाग गोलाकार (Spherical) हुन्छ, त्यसैले यसको माथिल्लो सतह एक समान हुन्छ जसलाई गोलाकार (Spheric) लेन्स भनिन्छ |

  • उत्पादनको समय देखी प्रत्यारोपण गर्दासम्म हातले लेन्स छुनु नपर्ने Preloaded System भएको कारण आँखामा प्रत्यारोपण गर्दा सङ्क्रमण नहुने तथा छोटो समयमा प्रत्यारोपण गर्न सकिन्छ |

  • यो लेन्समा आँखालाई सूर्यको प्रकाशमा हुने UV-Radiation बाट बचाउन पराबैंगनी फिल्टर (UV-Filter) भएको हुन्छ ।

  • यो लेन्समा आँखालाई मोबाइल तथा टेलिभिजनबाट निस्कने बिकिरणहरूबाट बचाउन Blue Filter को प्रयोग भएको हुन्छ।

  • यस लेन्सको प्रयोगबाट मोतियाबिन्दुको शल्यक्रिया भएका बिरामीहरूले स्पष्ट र सफा दृष्टि देख्न सक्दछन् ।

  • आँखामा २.४ मि.मि. को सानो चिरा बनाई यो लेन्स राख्न सकिने हुँदा घाउ कम हुने, टाFका लगाउन नपर्ने, बिरामीलाई दुखाई कम हुने, तथा बिरामीको अपरेशन सकिने बित्तिकै हेर्न मिल्ने र घाउ चाडो निको हुन्छ ।

  • यो पहेँलो (Yellow) प्रकारको लेन्स भएका कारण यसले पराबैंगनी बिकिरण (UV-Radiation) बाट आँखाको पर्दालाई संरक्षण गर्दछ र Night Driving गर्न सहज हुन्छ ।

  • हाइड्रोफोविक एक्रेलिक (Hydrophobic Acrylic) मिश्रित तत्त्वको प्रयोगका कारण मोतियाबिन्दुको अपरेशन पछि लेन्स पुनः धमिलो (PCO) हुने सम्भावना अरु लेन्सको तुलनामा धेरै कम हुन्छ ।

  • एउटा आँखामा लेन्स राखिसकेपछि पुनः अर्को आँखामा लेन्स राख्नु परेमा ६ D देखी ३० D पावर सम्मको लेन्स सजिलै उपलब्ध हुन्छ ।


6 views0 comments

Comments


bottom of page